पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।