सोमबार १९ फागुन, २०८१

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १९ फागुन । नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बिषेश कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्नु भएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ ।