सोमबार १९ फागुन, २०८१

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

काठमाडौं, १९ फागुन ।  कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बालुवाटारस्थित  टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्।

बैंक र कम्पनीबीच विशेष छुट दिनेगरी सम्झौता भएको हो। सम्झौताबमोजिम क्लिनिकको विभिन्न सेवाहरुमा कुमारी बैंकका ग्राहकहरुले ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ जनाएको छ।

साथै आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।