सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि महालक्ष्मी विकास बैंकको वाकाथन

काठमाडौं, १९ फागुन । महालक्ष्मी विकास बैंकले फागुन १५—१६ गते वार्षिक कार्यक्रम तथा दुईदिने कार्यशाला सम्पन्न गरेको छ । बैंकले कार्यशालाअन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन आयोजना गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो ।
कार्यक्रमको अवसरमा, हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकतामाथि विशेष जोड दिइएको थियो ।
महालक्ष्मी विकास बैंकले १०३ शाखाहरू सञ्चालन गर्दै, ८००,००० ग्राहकहरूमा विश्वसनीय सेवा पुर्याइरहेको छ ।