मंगलबार २० फागुन, २०८१

नेमकिपाको नयाँ नेतृत्व चयन आज

नेमकिपाको नयाँ नेतृत्व चयन आज

कञ्चनपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ । सोमबार महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि नयाँ नेतृत्व चयन गर्न बाँकी छ ।

पार्टी  केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र मङ्गलबार नयाँ नेतृत्व चयन हुने बताए ।

उनले भने, 'महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै सोमबार सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । सोमबारको बन्द सत्रमा आइतबार पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस, महाधिवेशनको घोषणा पत्र तयारी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।'

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन् ।