मंगलबार २० फागुन, २०८१

प्रचण्डको टिप्पणी : अध्यादेश पारित गराउन सरकारले करोडौँको चलखेल गरिरहेको सुनिन आएको छ

प्रचण्डको टिप्पणी : अध्यादेश पारित गराउन सरकारले करोडौँको चलखेल गरिरहेको सुनिन आएको छ

काठमाडौं, २० फागुन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तथाकथित दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गरेका छन् ।

नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको बताए ।

उनले भने, ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन। राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन । अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ । करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ । तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन। केही अध्यादेश त पास हुँदैनन् नै ।’