स्वास्थ्य बिमासहित थप स्वास्थ्य कार्यक्रमका लागि ४ अर्ब रुपैयाँ निकासा

काठमाडौं, २० फागुन । अर्थ मन्त्रालयले स्वास्थ्य बिमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् ।
जसमध्ये स्वास्थ्य बिमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचार लगायतका लागि ६० करोड र मुटु रोगका बिरामीलाई निशु:ल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ निकासा गरिएको छ ।