मंगलबार २० फागुन, २०८१

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

बुधबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस सांसदलाई ह्विप

काठमाडौं, २० फागुन । सत्ता साझेदार नेपाली कांग्रेसले बुधबार बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूका ह्विप जारी गरेको छ । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार सबै सांसदहरूलाई मोबाइल फोनमा सन्देश (म्यासेज) पठाएर संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेका हुन् । 

‘फागुन २१ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो ह्विप जारी गरिन्छ,’ कांग्रेस सांसदहरूलाई पठाइएको सन्देशमा भनिएको छ ।