१२० थान खुकुरी चोरी गर्ने पक्राउ
_4Z1TiwsfmJ_c92wajfahftfmm9nuadtxnsxkjjstesju2fuoai2neqgzqdhdkuy0jl9ymg3_o5jY8ftDZN_hp4i43f5tmkzo88rovezamnvssrmpdx90ec3imaalx6u4rywe9bf9qrq06fa.jpg)
काठमाडौँ, २० फागुन । खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिबेशी नगरपालिका-५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका-९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहमद देवान छन् ।
उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । यो समूहले काठमाडौँ सीतापाइलामा भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेको आरोप छ ।
उनीहरूबाट प्रहरीले ४५ खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।