बुधबार २८ फागुन, २०८१

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक प्रतिनिधि सभामा पेस

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक प्रतिनिधि सभामा पेस

काठमाडौं, २८ फागुन ।  ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा पेस गरेको छ। 

बुधबार प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक सभामा पेश गरेका हुन्।

यसअधि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरूले विरोधको सूचना दिएका थिए। ती सूचना निर्णयार्थ पेस गर्दा बहुमतले अस्वीकृत भए।

सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशको प्रतिस्थापन विधेयक संसद्‌मा टेबल गरेको हो।