शुक्रबार ०१ चैत, २०८१

बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

बाँकेमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु

नेपालगन्ज, १ चैत । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जिपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

जिपको ठक्करबाट शुक्रबार कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नम्बरको जिपले ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय, सुनवलको टोलीले जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।