आइतबार ०३ चैत, २०८१

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

बैठक आइतबार दिउँसो चार बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

बैठकमा पार्टी गतिविधि र समसामयिक राजनीति, पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनको बारेमा छलफल गरिने उनले बताए।