सोमबार ०४ चैत, २०८१

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ, ३ चैत । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ विचार गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ ।

योसँगै विधेयकमाथि छलफल हुने बाटो खुलेको छ । विधेयकमाथि संशोधन प्रस्ताव राख्न पनि समय खुला गरिएको छ । सभामुख देवराज घिमिरेले संशोधनका लागि सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको विधेयक शाखामा सम्पर्क राख्न सांसदहरूलाई भनेका छन् । 

यो विधेयक ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ लाई प्रतिस्थापन गरेर ल्याइएको हो ।