सत्तारुढ एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौँ, ४ चैत । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने लागेको हो। बैठक दिउँसो १ बजे बस्ने नेताहरूले बताएका छन्।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका हुन् ।