बुटवल र भैरहवामा टाटाको नयाँ ईभीहरू सार्वजनिक

काठमाडौं, ४ चैत । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी- २०२५ बुटवल र भैरहवामा लन्च गरेको छ ।
भैरहवास्थित अम्बु मार्केटिंग र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी- २०२५ लन्च भएका छन् ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.का तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ एफएनसीसीआई सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्य र बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले भने, 'आज टाटा ईभीको नयाँ मोडलहरु बुटवल र भैरहवामा लन्च गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । अब ग्राहकहरुले टाटाको प्रिमियम कर्भ ईभीदेखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ ईभी, बजेटमा एसयुभीको आनन्दलिनको लागि पन्च ईभीर इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याच ब्यागटियागो ईभी- २०२५ मोडल रोज्न सक्नुहुन्छ । ग्राहकहरुले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर इभि गाडीको मज्जा लिन सक्नुहुन्छ।'
त्यस्तैअम्बु मार्केटिंगका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए ।
सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालका अनुसार बुटवल तिरको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरु लन्च भएको हुँदा यो ईभीहरु ग्राहकको रोजाईमा विश्वस्त रहेको जानकारी दिए।
टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रि पछिको सेवाको लागि तत्पर लागि रहेको र ग्राहकहरुलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन आग्रह गरे।
आजदेखि बुटवलका ग्राहकहरुले सफल मोटर्सको शोरुम र भैरहवाका ग्राहकहरुले अम्बु मार्केटिंगको शोरुममा गएर लन्च भएको नयाँ गाडीहरु कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।