सोमबार ०४ चैत, २०८१

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, ४ चैत ।  नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, चैत १५ गते समाजवादी मोर्चाले गर्ने वृहर्त यालीलाई सफल बनाउने कार्ययोजना लगायत विषयमा छलफल हुने बताइएको छ। स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको ज्वालाले जानकारी दिए ।