मंगलबार ०५ चैत, २०८१

देउवा र प्रचण्ड बालुवाटार जाँदै, ६ बजे शीर्ष तीन नेताबीच भेटवार्ता तय

देउवा र प्रचण्ड बालुवाटार जाँदै, ६ बजे शीर्ष तीन नेताबीच भेटवार्ता तय

काठमाडौं, ४ चैत्र । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा प्रमुख दलका नेतृत्वबीच आज साँझ भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ६ बजे प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच भेटवार्ता तय भएको उच्च स्रोतको दाबी छ ।

सडकमा राजावादीहरुको प्रदर्शन बढ्न थालेपछि दाहालले नै पहलकदमी लिएर गणतन्त्रवादीहरुबीच सघन छलफलको आवश्यकत्ता औंल्याउँदै भेटवार्ताको प्रस्ताव राखेको बताईन्छ । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै शीर्ष नेताहरु छलफलमा जुट्ने जनाईएको छ ।