२५ करोड बराबरको अमेरिकी डलर र युरो लिएर केरुङतर्फ जाँदै गर्दा पक्राउ परेका थिए कुसाङ लामा

काठमाडौं, ५ चैत । २५ करोड बराबरको विदेशी मुद्रा नगदसहित पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ।
अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै २५ करोड रुपैयाँ नगद बराबरको विदेशी मुद्रासहित पक्राउ परेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ बस्ने ४३ वर्षीय फुच्चे भन्ने कुसाङ लामालाई सार्वजनिक गरेको हो।
अपराध अनुसन्धान कार्यालयले दिएको जानकारी अनुसार कुसाङलाई सोमबार राति ११ बजे काठमाडौंको टोखा नगरपालिका-२ झोरबाट ना. ७ ख १६५२ नम्बरको ट्रक लुकाएर अमेरिकी डलर र युरोसहित पक्राउ गरेको हो।
केरुङतर्फ जाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
यस्तो छ बरामदी विवरण-
अमेरीकी डलर (USD) -$ १०० दरका नोटहरु जम्मा थान ३,११९ (तिन हजार एक सय उन्नाईस)
अमेरीकी डलर (USD) -$ ५० दरका नोटहरु जम्मा थान १७९ (एक सय उनान्असी)
युरो (Euro) – ५०० दरका थान ११ (एघार)
युरो (Euro) – २०० दरका थान ४८० (चार सय असी)
युरो (Euro) – १०० दरका थान ४१४८ (चार हजार एक सय अड्चालिस)
युरो (Euro) – ५० दरका थान १७१७७ (सत्र हजार एक सय सतहत्तर