बुधबार ०६ चैत, २०८१

दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

काठमाडौं, ५ चैत ।  परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रुपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

‘उनीहरुको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरुबारे पनि छलफल गरेको छु ।’

सोही अवसरमा नेपाल र युक्रेनबीच कुटनीति, अफिसियल र सेवा राहदानी वाहकहरुका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।