१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

काठमाडौं, ५ चैत । कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार लोगो र मस्कट सार्वजनिक गरिएको हो।
पूर्ण निर्धारित तालिका अनुसार प्रतियोगिता गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना भइसक्नुपर्ने थियो। तर, विभिन्न बहाना बनाउँदै प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने भनिएको थियो। तर, यो मिति पनि सरेर प्रतियोगिता जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरिएको हछ।
यसका लागि सरकारले प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। प्रदेश सरकारले पनि झन्डै दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ।