पुल्चोकमा मतदान जारी, साढे १ बजेसम्म १७०० मत खस्यो

काठमाडौं, ५ चैत । पुल्चोक क्याम्पसमा १७ सय मत खसेको छ । सहायक क्याम्पस प्रमुख राम एकवाल यादावका अनुसार साढे १ बजेसम्म एक हजार ७०० मत खसेको हो । ‘मतदान जारी छ । चार बजेसम्म मतदान हुन्छ,’ उनले भने । पुल्चोकमा मतदातको संख्या तीन हजार ८०७ जना रहेका छन् ।
क्याम्पसका अनुसार इलेक्ट्रोनिक मेसिनबाट मतदान भइरहेको छ । मतदान सकिएको केही घण्टामा नै नतिजा आउने यादवले बताए ।