उर्लाबारी क्याम्पसको स्ववियु अध्यक्षमा पोषण आचार्य निर्वाचित

मोरङ, ५ चैत । मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन् ।
आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले बताइन् ।