पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने

काठमाडौं, ६ चैत । पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाने भएका छन् ।
सम्बाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जाने जनाएको हो ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन गोरखा जान लागेका हुन् ।