नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसअनुसार १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर रहेको छ । यो १० प्रतिशत नगद लाभांशमा ०.७८९ प्रतिशत कर प्रयोजनका लागि कटौती हुने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२० रुपैयाँ हाराहारीमा छ ।
