सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले जेठ ११ गते बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँले सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिए ।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
