बिहीबार ०३ पुस, २०८२

सिमराकी डीएसपी शुभद्रा वाइबालाई हेडक्वाटर तानियो

सिमराकी डीएसपी शुभद्रा वाइबालाई हेडक्वाटर तानियो

काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ ।

डीएसपी वाइवालाई केही बुझ्नु पर्ने भएकाले हेडक्वाटर झिकाइएको प्रहरीले प्रधान कार्यालयले बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले भने आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएएको बताए । वाइवाको ठाउँमा अर्का डीएसपी वेद जोशीलाई पठाइएको प्रवक्ता थापाले बताए ।

उनले सिमराको कमाण्ड सम्हालेको ६ महिना पनि पूरा भएको थिएन । डीएसपी वाइवा र जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंबीच केही दिनदेखि विवाद भएको थियो ।

उपमहानरपालिकाले भने तेलको कुपन च्यातेको आरोप लगाउँदै आएको छ । सहसचिव प्रसाईंले घटनाबारे आफूलाई ब्रिफिङ नगरेको भन्दै सरुवा गरिदिने धम्की दिँदै आएको र अहिले सरुवा भएको वाइवा निकट स्रोतले बतायो । कानूनत प्रशासकीय अधिकृतलाई अपराध अनुसन्धान, शान्ति सुरक्षाको बारेमा रिपोर्टिङ गर्नुपर्ने हुँदैन ।