बुधबार ०२ पुस, २०८२

काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौंमा जारी निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत आइतबार जारी गरेको निषेधाज्ञा विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

राजवादीहरुको आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर बाहेक अन्त्य प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल भनेर चिनिने भद्रप्रसाद नेपालले रिट दायर गर्न खोजेको थिए । तर सो रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको हो ।

नेपालले रिट दरपिठ विरुद्ध निवेदन लिएर पुन: सर्वोच्च अदालत जाने बताएका छन्।