बुधबार ०२ पुस, २०८२

उच्च मनोबलका साथ काम गर्नुहोस् : आईजीपी थापा

उच्च मनोबलका साथ काम गर्नुहोस् : आईजीपी थापा

 काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले सामूहिक भावनाले काम गर्ने निर्देशन दिएका छन् ।

प्रहरी अस्पतालका कर्मचारीहरूलाई उनले सामूहिक भावनाले काम गर्न भन्दै बुधबार निर्देशन दिएका हुन् ।

‘सामूहिक भावना र थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल कटिबद्ध भएर काम गर्नुहोस्,’ आईजीपी थापाले भने ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात थापाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको बताएका छन् ।