बुधबार ०२ पुस, २०८२

प्रचण्डसँग माधव नेपालले गरे छलफल

प्रचण्डसँग माधव नेपालले गरे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन् ।

भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए ।

भेटमा सामसामयिक राजनीति र संसद्को जारी अवरोधबारे कुरा भएको नेताहरू बताउँछन् ।