बुधबार ०२ पुस, २०८२

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ बेलायती नागरिक रहेको पुष्टी

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ बेलायती नागरिक रहेको पुष्टी

काठमाडौं। भारतको गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा ५२ जना बेलायती नागरिक रहेको पुष्टी भएको छ ।

एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।