बुधबार ०२ पुस, २०८२

आज पनि घट्यो नेप्से ,१२ अर्ब ५१ करोडको सेयर कारोबार

आज पनि घट्यो नेप्से ,१२ अर्ब ५१ करोडको सेयर कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य रूपले घटेको छ। नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७ बिन्दुमा पुगेको छ। बजारमा घट्ने क्रम अझै रोकिएको छैन। बिहीबार ३११ वटा कम्पनीका दुई करोड ८६ लाख सात हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १२ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, फाइनान्स, होटल तथा पर्यटन, र जलविद्युत (हाइड्रो) उपसमूहका सूचकहरू भने हरियालीमा देखिएका छन्।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ७५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५४ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जी कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ६.९१ प्रतिशतका दरले कमाएका हुन् । तेह्रथुम पावरका लगानीकर्ताले ६.१७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।