बुधबार ०२ पुस, २०८२

मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

पपस्टार जस्टिन बिबरले ‘स्वाग’ नामक नयाँ एल्बम सार्वजनिक गरेर प्रशंसकलाई चकित तुल्याएका छन् । उनको मानसिक स्वाथ्यलाई लिएर चौतर्फी चासो व्यक्त भैरहँदा एल्बम ल्याएका हुन् ।

२० गीत समावेश उनको एल्बममा ड्याड्ज लभ, डिभोसन र थेरापी सेसनजस्ता ट्रयाक समावेश छन् ।

बुवाको मुख हेर्ने दिनमा खिचिएको एउटा भिडियोमा उनले एक फोटोग्राफरसँग भेट्दा यसो भनिरहेको देखाइएको छ, ‘म बुवा हुँ । म श्रीमान हुँ । तिमीले बुझिरहेका छैनौ । यो तिमीलाई लक्षित गरिरहेको छैन । म आफ्नो काममा लागेको छु ।’

भिडियो व्यापक रूपमा अनलाइन भाइरल बन्यो । अब, यो गायकको नयाँ एल्बमको प्रचारको भागको रूपमा मात्र होइन, यसको एउटा गीत, बटरफ्लाइजमा पनि यसको नमुना प्रस्तुत गरिएको छ ।

एक घण्टाभन्दा कम समयको रन टाइमका साथ जस्टिनले ‘स्वाग’ एल्बममा सेक्सी रेड, क्यास कोबेन र गुन्ना लगायत धेरै र्‍यापरसँग सहकार्य गरेका छन् । यो एल्बमको शीर्षक उनको सन् २०१२ मा रिलिज भएको एल्बम ‘ब्वाइफ्रेन्ड’को हुकलाइन स्वाग, स्वाग, स्वाग’बाट राखिएको छ ।

क्यानेडियन गायकले साझा गरेका प्रचारात्मक फोटोमा उनकी श्रीमती हेली बीबर र उनीहरूको छोरालाई टाउकोमाथि समातेर राखिएको देखाइएको छ । बिबरको अन्तिम एल्बम ‘जस्टिस’को ४ वर्षपछि आएको नयाँ संगीतप्रति साथी कलाकार र प्रशंसकले हर्षोल्लासका साथ प्रतिक्रिया दिएका छन् ।

बिबरको मानसिक अवस्थाको बारेमा प्रशंसकको चिन्ताको कारण पनि एल्बम सार्वजनिक गरिएको जनाइएको छ । हालैका महिनामा, गायकले आफ्नो व्यक्तिगत जीवनमा पापाराजीको घुसपैठको बारेमा अनलाइन धेरै पोस्टहरू साझा गरेका छन् ।

बिबरको विवाह पनि अर्को विवादास्पद सामाजिक सञ्जाल पोस्टपछि चर्चामा आएको छ । गायकले आफ्नी श्रीमतीलाई ‘भोग’ म्यागजिनको कभरमा चित्रित गरेकोमा सामाजिक सञ्जालमा उनीहरू बीचको झगडाको विवरणसहितको पोस्ट पोस्ट गरेर खुशी मनाएका छन् ।