मंगलबार ०१ पुस, २०८२

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण समेत स्वीकृत भएको छ ।

यस्तै उपकुलपति प्राडा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित भएको छ ।

सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि प्राथमिकता दिएको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष लाग्नुपूर्व नै सबै विश्वविद्यालयको सभा बैठक आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ ।