कर्णाली विकास बैंक प्रकरण : सवा ३ अर्ब घोटाला लुकाउन राष्ट्र बैंकका कर्मचारीलाई आइफोन उपहार
काठमाडौं । कर्णाली विकास बैंकको सुपरिवेक्षणका लागि खटिएका राष्ट्र बैंकका कर्मचारी नै घोटालामा प्रत्यक्ष संलग्न रहेको खुलेको छ ।
नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको बैंकको सवा तीन अर्ब घोटाला लुकाउन राष्ट्र बैंकको सुपरिवेक्षण विभागका तत्कालीन कामु निर्देशक भुवन बस्नेतको प्रत्यक्ष संलग्नता रहेको अनुसन्धानबाट खुलेको हो ।हाल अवकाश पाएका राष्ट्र बैंकका कर्मचारी बस्नेतले अनदेखा गरेको पाइएको छ ।
त्यसवापत उनले आइफोन उपहार पाउनुका साथै १० लाख रुपैयाँ बुझेको अनुसन्धानको निष्कर्ष छ । उनीसहितका १११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भइसकेको छ ।कर्णाली विकास बैंक २०६० सालमा स्थापना भएको थियो ।
राष्ट्र बैंकमा रहेको कर्णाली विकास बैंकको खाता (सीआरआर) मा ७ पुस २०८१ सम्म २२ करोड ७४ लाख ६१ हजार २८२ रुपैयाँ मौज्दात रहेको सीबीएसमा प्रविष्ट गरिएको थियो । तर छानबिन समितिको अनुसन्धान क्रममा उक्त खातामा करिब शून्य मौज्दात रहेको भेटिएको थियो ।
