डीएसपी भट्टलाई पूर्ण शान्ति पुरस्कार
काठमाडौं । नेपाल प्रहरीका डीएसपी (प्रहरी नायब उपरीक्षक) भोलाकुमार भट्टले पूर्ण शान्ति पुरस्कार पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत रहेका भट्टले यस वर्षको पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको एक कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले भट्टलाई पूर्ण शान्ति पुरस्कार प्रदान गरे ।
भट्ट रामेछाप जानुअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालमा थिए । त्यहाँ उनी फरार अभियुक्त पक्राउमा खटिएका थिए ।
