सोमबार २२ मंसिर, २०८२

पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो। 

एमआरआई मेसिन खरिदमा मिलेमतोको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो। उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा एमआरआई खरिद भएको थियो।

उनीसहित खरिदमा संलग्नविरुद्ध मुद्दा दायर भएको हो। करिब १४ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ। 

डा.मिश्र वर्तमान सरकारमा स्वास्थ्यमन्त्री बन्ने तयारीमा थिइन्। यही छानबिनका कारण उनको नियुक्ति रोकिएको थियो।