सोमबार २२ मंसिर, २०८२

महिलामाथि डिजिटल हिंसा बढ्दो: ४ महिनामै २ हजार उजुरी

महिलामाथि डिजिटल हिंसा बढ्दो: ४ महिनामै २ हजार उजुरी

काठमाडौं। साइबर माध्यमबाट हुने हिंसा महिलामाथि बढ्दो छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४ महिनामा करिब २ हजार उजुरी दर्ता भएका छन्। अधिकांश घटना ब्ल्याकमेल, रिभेन्ज पोर्न र सेक्सटिङसँग सम्बन्धित छन्।

साइबर ब्युरोका अनुसार १८–२५ वर्षका महिला बढी प्रभावित छन्। सामाजिक सञ्जाल, मोबाइल एप र डिजिटल प्लेटफर्ममार्फत हुने हिंसाले मानसिक स्वास्थ्यमा गहिरो असर पुर्‍याउँछ। यूएन वुमेनका तथ्यांक अनुसार विश्वका ३८ प्रतिशत महिलाले अनलाइन हिंसा भोगेका छन्।

विशेषज्ञहरू कानुनी सुधार, प्राविधिक नियमन र खुला संवादमार्फत डिजिटल हिंसा नियन्त्रण आवश्यक रहेको बताउँछन्।