गाउँपालिका उपाध्यक्ष शान्ति नाथसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । कञ्चनपुरस्थित बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथसहित ४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
उपाध्यक्ष नाथसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सव इन्जिीनियर जय कुँवर र असिस्टेन्ट सव इन्जिनिउर तेज बहादुर सुनारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छ ।
उनीहरूले एक आपसमा मिलेमतो गरी निर्माण नै नगरेकोरनभएको जग्गामा घर छ भनी नक्सा अभिलेखीकरणर घर प्रमाणित गर्ने लगायतका गलत कागजात तयार पार्ने पार्न लगाउने कार्य गरी गराई भ्रष्टाचारजन्य कार्य गरेको भन्दै उक्त कार्यमा संलग्न विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सोही नक्सा पास गराइ लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट २०७८ चैत १० गते २३ लाख ७५ हजार र २०७९ असोज १३ गते १० लाख गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको छानबिनबाट पुष्टि भएको आयोगले जनाएको छ ।
