बुधबार ०२ पुस, २०८२

बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

बढ्यो सेयर बजार, कारोबार रकम ४ अर्ब माथि

काठमाडौँ । सेयर बजार परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको चौथो दिन बुधबार परिसूचक ५.७० अङ्कले बढेको हो । योसँगै बजार परिसूचक २६२५.७० अङ्कमा पुगेको छ । 

यसअघि अघिल्ला दुई कारोबार दिनमा समेत बजार बढेर बन्द भएका थिए । मंगलबार बजार १८.३७ अङ्कले बढेको थियो भने सोमबार बजार ६.७४ अङ्कले बढेको थियो । 

आज बजारमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १४३ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज बजारमा होटल, निर्जीवन बीमा र ट्रेडिङमा गिरावट आउँदा बाँकी समूहका सूचक बढेका छन् । फाइनान्स समूहमा सबैभन्दा धेरै १.७५ प्रतिशत वृद्धि देखिएको छ । 

आज बजारमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

आज युनियन हाइड्रोपावरमा सर्वाधिक २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार हुने सेयर सङ्ख्याका आधारमा सोही कम्पनी अगाडि रहँदा कारोबार सङ्ख्याको आधारमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज अगाडि देखिएको छ ।