एनएमबि बैंकको अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु
काठमाडौँ। एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाका लागि आवेदन दिएका ग्राहकले वास्तविक समयमा आफ्नो कर्जा प्रक्रियाको अवस्था थाहा पाउन सक्नेछन् ।
कर्जाका लागि आवश्यक कागजात बुझाएपछि बैंकले प्रदान गर्ने ‘ट्र्याकिङ नम्बर’ प्रयोग गरी ग्राहकले बैंकको वेबसाइटको डिजिटल बैङ्किङ खण्डमा गई अनलाइन कर्जा ट्र्याकिङमार्फत आवेदनको प्रगति हेर्न सक्नेछन् । यसले शाखा धाउनुपर्ने वा फोन गर्नुपर्ने झन्झट हटाउने बैंकको विश्वास छ ।
बैंकका अनुसार यो सुविधाले कर्जा प्रक्रियामा सहजता र पारदर्शिता बढाउनेछ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
