१४ अंकले घट्यो नेप्से, सबै सुचक राताम्मै

१४ अंकले घट्यो नेप्से, सबै सुचक राताम्मै

काठमाडौं, बैशाख ४


नेप्से घटेको छ । आज मंगलबार नेप्से १४ दशमलव ८१ अंकले घटेर १९ सय ९१ दशमलव ७१ अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २६ अंकले घटेर तीन सय ५३ दशमलव ५१ अंकमा पुगेको छ ।नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ३९ हजार चार सय ७६ पटकको कारोबारमा ५४ लाख ७१ हजार ६८ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब १० करोड ३० लाख १९ हजार दुई सय १८ रुपैंयाँ पुगेको छ । 


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सबै समुहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ३९, बिकास बैंक समुहको सुचक सात दशमलव ७८, फाईनान्स समुहको सुुचक नौं दशमलव ७७, जलबिद्युत समुहको सुचक ३२ दशमलव ४१, जीवन बीमा समुहको सुचक ५५ दशमलव ११ र निर्जीवन बीमा समुहको सुचक ७८ दशमलव २० अंकले घटेका छन् । यसैगरी होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् । 


नेप्सेमा आज सिद्धार्थ बैंकको ऋणपत्रको सेयर मुल्य सबै भन्दा उच्चरुपमा बढ्दा रुरु जलबिद्युत परियोजना लिमिटेडको सेयर मुल्य उच्चरुपमा घटेको छ । गोर्खाज फाईनान्सको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।