हिमाल सफाइका लागि सगरमाथा आधार शिविरतर्फ प्रस्थान

हिमाल सफाइका लागि सगरमाथा आधार शिविरतर्फ प्रस्थान

सल्लेरी(सोलुखुम्बु), ५ वैशाखः

विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि सोलुखुम्बुको नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्दै नेपाली सेनाको टोली । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १० सैनिकसहित ११ जना सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । दुई जना आपतकालीन अवस्थाका लागि नाम्चेमै रहेका छन् । तस्बिरः सुवास दर्नाल÷रासस