दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, बैशाख १० 

अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज सोमबार भने दोहोरो अंकले घटेको छ । नेप्से आज  १५ दशमलव ४१ अंकले घटेर एक हजार नौं सय ६९ दशमलव शुन्य दुई अं्रकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८० अंकले घटेर तीन सय ४७ दशमलव ९५ अंकमा पुगेको छ । तीन सय २० वटा कम्पनीहरुको ३८ हजार पाँच सय ५२ पटकको कारोबारमा ५६ लाख ५६ हजार दुई सय ८२ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले बढेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५२, बिकास बैक समुहको सुचक ३७ दशमलव ३८, फाईनान्स समुहको सुचक ४१ दशमलव ८०, जलबिद्युत सुमहको सुचक २२ दशमलव १८, जीवन बीमा समुहको सुचक ७९ दशमलव ९८ र निर्जीवन बीमा समुहको सुचक ५६ दशमलव २१ अंकले घटेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र टेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज पिपुल्स पावर लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने दोल्ती पावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । गोर्खाज फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।