कनेक्ट आईपिएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृति पाउने अवसर

कनेक्ट आईपिएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृति पाउने अवसर

काठमाडौं, बैशाख ११


कनेक्ट आईपिएएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृति रकम प्राप्त गर्न सकिने छ । 


यो अफर कनेक्ट आईपिएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आईपिएएसको आधिकारिक वेबसाईटमा बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने छ । 


अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्ट आईपिएस मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आईपिएसबाट सात सय भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ । भुक्तानीकर्ताले कनेक्ट आईपिएसको वेब वा एपमा लग इन गरी क्रेडिर्टस पेमेन्ट अन्तर्गत एजुकेशनल इन्स्च्यिुसन मा क्लिक गरी स्कुल्समा क्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् । साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आईपिएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन् । यसका लागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवा लिन सकिन्छ । 


कनेक्ट आईपिएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपिएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैंयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार दुई लाख रुपैंयाँसम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपिएस मार्फत चालु आर्थिक वर्षको चैत्र मसान्त सम्म रु. ३९०० अर्ब भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।