सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौं, बैशाख ११ 

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्‍याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको हो ।

बैंकले यस दिवसको अवसरमा सरसफाई र चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो। बैंकलेसरसफाई कार्यक्रम अन्तर्गत देशकोसातै प्रदेशका कुल १५ विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, बैंकले बालबालिकाहरुलाई सानै उमेरमा प्लास्टिकले निम्त्याउने वातावरणीय चुनौतीहरुको बारेसचेत गराउने उद्देश्यले पृथ्वी दिवस २०२४ को नारा प्लानेट भर्सेक प्लाष्टिकमा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । यस्ता कार्यक्रमहरुले पृथ्वीमा दिनानुदिन बढ्दै गएको प्लास्टिकको प्रयोगका साथै प्रदुषणबाट पर्ने नकारात्मक असरको बारेमा जनचेतना फैलाइ जनमानसमा वातावरण स्वच्छ र सफा राख्न समेत प्रेरित गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

बैंकले देशैभरी फैलिएको आफ्ना एक सय ९६ वटा शाखा (पाँच वटा एक्स्टेन्सन् काउन्टर सहित), ७३ शाखारहित बैंकिङ्ग सेवा र दुई सय २६ वटा एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैं आप्mनो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।