अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, बैशाख २७ 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका–९ बस्ने २६ वर्षीय नरेश बिश्वकर्मा र भोजपुर हतुवागढी गाउँपालिका–९ घर भई हाल सुनसरी बराहक्षेत्र नगरपालिका–७ बस्ने ३० वर्षीय सामुएल राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६८ प ८६९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ सभागृह मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ१ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय साजन विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१३ बस्ने२५ वर्षीय उमेश राना र१९ वर्षीय रूस्तम राना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ२ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद चौधरीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरास्थित हाटबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ६ सय ९० मिलिग्रामसहित सोही नगरपालिका–३ गंगोलीया बस्ने २३ वर्षीया जानकी चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।