चट्याङ लागेर मृत्यु

चट्याङ लागेर मृत्यु

सल्यान, बैशाख २७ 

त्रिबेणी गाउँपालिका–१ गोगने बस्ने ७७ वर्षीय दर्वसिंह पुनको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ । उनकै घरको भान्सा कोठामा चट्याङ पर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।