नेप्सेमा आठ अंकले बृद्धि

नेप्सेमा आठ अंकले बृद्धि

काठमाडौं, बैशाख ३०

नेप्सेमा सुधार आएको छ  । साताको पहिलो दिन आज आईतबार नेप्से आठ दशमलव २५ अंकले बढेर १९ सय ७४ दशमलव ५० अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव २१ अंकले बढेर तीन सय ५० दशमलव ८२ अंकमा चढेको छ । तीन सय ११ वटा कम्पनीहरुको ४९ हजार सात सय ६४ पटकको कारोबारमा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब १५ करोड ५१ लाख ४२ हजार एक सय ६८ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये फाईनान्स, होटल तथा पर्यटन र लघुवित्त समुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमुलक, सामाुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक बढेका छन् । नेप्सेमा आज सिर्जनशील लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । साँग्रिला डेभलपमेन्ट बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।