हत्या गरेको अभियोगमा पाँच जना पक्राउ

हत्या गरेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं, बैशाख ३० 

काठमाडौं महानगरपालिका गौशाला डेरा गरी बस्ने सुनसरी, इटहरी उपमहानगरपालिका घर भएका २४ वर्षीय शम्भु धितालको कुटपिट गरी हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने १८-१८ वर्षीय ४ जना किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरको छ । काठमाडौं महानगरपालिका–९ कुमारी मन्दिर नजिक शम्भु धिताललाई अपरिचित ३-४ जना ब्यक्तिहरुले हतियार प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका शम्भुको केएमसि अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दाङ, घोराही उपमहानगरपालिका–१० पहेलपार बस्ने ५० वर्षीया जुपली बुढा र सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ चनाबारी बस्ने ४४ वर्षीया संगिता सुनारको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ चौघेरा बस्ने रोल्पा थवाङ गाउँपालिका–२ घर भएका ५७ वर्षीय टेक बहादुर घर्तीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुपली बुढाको घरको भान्छा कोठामा निज जुपली बुढा  र संगिता सुनारलाई टेक बहादुर घर्तीले टाउकोमा बन्चरो प्रहार गरी कर्तव्य गरी मारेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।