एक थान कटुवा पेस्तोलसहित पक्राउ

एक थान कटुवा पेस्तोलसहित पक्राउ

संखुवासभा, बैशाख ३०

चैनपुर नगरपालिका–१ लिबुङटार बस्ने ताप्लेजुङ मायाखोला गाउँपालिका–१ घर भएका ४२ वर्षीय दिल बहादुर चोङवाङलाई कटुवा पेस्तोल १ थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मामा नाता पर्ने नयन बहादुर लिम्बुको घरमा बस्दै आएका दिल बहादुर र नयन बहादुरबीच घरायसी विवादको कारण झैं–झगडा भएको भन्ने  खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले दिल बहादुरको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।